• The Public Today
  • सोमालियाबाट पनि अमेरिकी सेना फिर्ता गर्न ट्रम्पको निर्देशन


    एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियाबाट पनि अमेरिकी सेना फिर्ता गर्न निर्देशन दिएका छन्।

    राष्ट्रपतीय कार्यकाल समाप्त हुन लाग्दा ट्रम्पले आगामी १५ जनवरीमा सोमालियाबाट ७ सय सेना फिर्ता गर्ने घोषणा गरेको पेन्टागनले जनाएको छ।

    अमेरिकी सेनाहरुले सोमालियामा अल–सबाब र आइएस लडाकुविरुद्ध लड्दै आएका थिए। अमेरिकी अधिकारीहरुका अनुसार सोमालियाबाट फर्काइएका सेनाहरु त्यहीँ नजिकैका देशहरुमा तैनाथ हुनेछन्।

    कार्यकाल सकिन लाग्दा यसअघि ट्रम्पले इराक र अफगानिस्तानबाट सेना फर्काउने घोषणा गरेका थिए।ट्रम्पले विदेशी राष्ट्रमा अमेरिकी सेना राखिनु आर्थिक रुपमा महँगो भएको बताउँदै आएका छन्।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस