• The Public Today
  • १०२४ संक्रमित थपिए, १० को मृत्यु


    काठमाडौं, मंसिर २० गते : कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १० कोरोना संक्रमितको मृत्यु भएको हो ।

    हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ ।२४ घण्टाको अवधीमा १ हजार २४ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

    पछिल्लो २४ घण्टाको अवधीमा २ हजार २०६ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २४ हजार ५३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    हाल सक्रिय संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस