• The Public Today
  • अधिकृत महतोले गरे आदर्श बिबाह


    • फुलगेन मगही

    ढल्केवर, मंसिर २० गते । तराई मधेसमा दाईजो प्रथा ब्याप्त छ । झन सरकारी जागिरे भन्ने बितिकै छोरी पक्षले नै उच्च दाईजो दिने गर्दछन ।

    अर्को तर्फ उच्च दाईजो दिँदा लिँदा समाजमा मानसम्मान बढ्ने मधेसी समुदायको बुझाई हुन्छ । तर पछिल्लो समय यसको ठिक उल्लटो अर्थात दाईजो न लिई बिबाह गर्ने परम्परा सुरु भएको छ । 

     शिक्षित समुदाय वा उच्च पदस्थ ब्यक्तीहरु स्वस्फुर्त रुपमा बिबाह बन्धनमा बाँधिन थालेपछी तराई मधेसमा दाईजो नलिएर बिबाह गर्दा मानसम्मान बढ्ने र समाजिक कुसंस्कृति अन्त्य हुने आकंलन हुदैंछ । 

    यसै क्रममा धनुषाको  बटेश्वर गाउँपालिका वार्ड नम्बर -१ स्थित चित्रपुर निवासी कपिलदेव महतोले आफ्नो छोरा श्याम सुन्दर महतोको बिबाह आदर्श गरेका हुन । उनले आफ्नो सन्तानको आदर्श बिबाह गर्दा सर्वत्र चर्चा हुन थालेको छ ।

    तराई मधेशमा दाइजो प्रथाले व्यापक चर्चा पाइरहेको बेला महतोले धनुषाधाम नगरपालिका वार्ड नम्बर -६ हरिपुर निवासी  मिसरी महतोको छोरी सन्जु कुमारी महतो संग १७ मंसिर २०७७ का दिन वैवाहिक बन्धनमा बांधिएका हुन । 

    दाइजो प्रथालाइ निर्मूली करण र समाजमा छोरी प्रतिको साकारात्मक सन्देशको निम्ति यो एक गतिलो उदाहरणीय बिबाह रहेको छ । 

    श्याम सुन्दर महतो अहिले मुख्यमन्त्री कार्यलय प्रदेश नम्बर – २ मा शाखा अधिकृतको रुपमा कार्यरत हुन ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस