• The Public Today
  • यौन हिंसाविरुद्ध र सामाजिक सुरक्षा अध्यादेश जारी


    काठमाडौं, मंसिर २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेकी छिन् ।

    संविधानको धारा ११४ को उपधारा (१)बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस