• The Public Today
  • बाल विवाह न्यूनीकरणका लागि ‘अन्तरपुस्ता सम्वाद’


    द पब्लिक टुडे
    गौशाला, मंसिर २१ गते :
    बाल विवाह न्यूनीकरणका लागि सप्तरीको राजविराजमा ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम गरिएको छ ।

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीमा ‘अन्तरपुस्ता सम्वाद’ कार्यक्रम भएको हो ।

    समितिको आयोजनामा सोमबार दिउँसो १२ बजे राजविराजस्थित बहिरा बालक स्कूलमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि अभिमुखिकरण कार्यक्रम तथा दिउँसो ३ बजे सहिद दशन चोकमा हिंसा पीडित महिलालाई हौसला प्रदान कार्यक्रम राखिएको मूल संयोजक पोखरेलले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस