• The Public Today
  • भारतमा रहस्यमयी रोगको अनुसन्धान हुँदै


    मंसिर २२ गते । शनिबार र आइतबार भारतको आन्द्रप्रदेशमा एक अपरिचित स्वास्थ्य समस्याका कारण ३०० भन्दा धेरै बिरामी परेको र १४० बढी मानिस एकैपटक अस्पताल भर्ना भएपछि सरकारी अधिकारीहरुले यसबारे अनुसन्धान सुरु गरेका छन् । सबै बिरामीहरुमा वाकवाकी हुनेदेखि बेहोस् हुनेलगायत विभिन्न लक्षण देखिएको डाक्टरहरुले बताएका छन् ।

    कोरोना महामारीका बीच मानिसहरु अर्को अपरिचित रोगले बिरामी परिरहँदा यसले अस्पतालको भार झन बढाइदिएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार भर्ना भएका ती सबै बिरामीहरुको कोरोना परीक्षण पनि गरिएको छ । तर सबैको नतिजा नेगेटिभ आएको छ । यसमा बिरामीको स्नायु प्रणालीमा पनि असर पुगेको बताइएको छ ।

    एलुरु सरकारी अस्पतालका मेडिकल अधिकारीले द इन्डियन एक्सप्रेससँग भनेका छन्, “बिरामी पर्नेहरुमा विशेषगरी बालबालिका धेरै छन् । पहिले उनीहरुले आँखा पोलेको बताइरहेका थिए तर अचानक सबैलाई बान्ता हुन सुरु भयो अनि ती मध्ये कति त बेहोस् हुने अनि अचानक दिमागी झट्का महसुस गरेका हुन् ।”

    तर, अस्पताल भर्ना भएका धेरै बिरामीहरु छिटै ठिक भइ डिस्चार्ज भएको पनि बताइएको छ । आन्द्र प्रदेशका स्वास्थ्य मन्त्रीका अनुसार तिनको रगतको स्याम्पलबाट अहिलेसम्म कुनै भाइरल संक्रमणको प्रमाण भेटिएको छैन । अधिकारीहरु सो क्षेत्रको अवलोकन गर्दा उनीहरुले वायु प्रदुषण या दूषित पानीका कारण यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् । अहिलेका लागि यो रहस्यमयी समस्या भएको र ल्याब विश्लेषणपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ । बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस