• The Public Today
  • नायिका श्वेता दोस्रो विवाह गर्दै, भन्छिन् : समाजले नस्वीकार्ने हो कि ?


    द पब्लिक टुडे
    गौशाला, मंसिर २२ गते ।
    नेपाली चलचित्रका नायिका श्वेता खड्काले आज (सोमबार) दोस्रोपटक विवाह गर्दैछिन् । उनले धनगढीका विजयन्द्रसिंह रावतसँग विवाह गर्ने भएकी हुन् ।

    कोरोना महामारीका कारण विवाहमा परिवारका सीमित सदस्य मात्र उपस्थित हुने नायिका खड्काले आइतबारै स्टाटस लेखेर जानकारी दिइसकेकी छिन् ।

    नायिका खड्काले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन् । तर रक्त क्यान्सरका कारण एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो ।

    त्यसको ६ वर्षपछि नायिका श्वेता दोस्रोपटक विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।तर उनलाई अझै डर छ– पुरुषप्रधान समाजले स्वीकार गर्ला कि नगर्ला ?


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस