• The Public Today
  • ट्राफिकलाई १६० रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ


    द पब्लिक टुडे
    गौशाला, मंसिर २२ गते ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।

    सिन्धुपाल्चोक घर भएर काठमाण्डौको चाबहिल बस्ने ३५ वर्षका बा ३३ प ६५ नम्बरको मोटरसाइकल चालक उज्ज्वल आचार्य पक्राउ परेका हुन् । यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले १६० रुपैयाँ घुस दिन खोजेकाले उनलाई पक्राउ गरेर कारबाहीकाे प्रक्रिया अघि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    उनलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस