रौतहट : राजपुर बमकाण्डका मुख्य आरोपित पक्राउ

प्रतिकात्मक तस्बिर

द पब्लिक टुडे
गौशाला, मंसिर २२ गते ।
रौतहटको राजपुर बमकाण्डका मुख्य आरोपित पक्राउ परेका छन् ।

पक्राउ परेका महताफ आलम नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ हुन् । अफताब भने सोही काण्डमा अहिले जेलमा रहेका छन् ।

अहिले उनका भाइ महताफलाई २ नम्बर प्रदश प्रहरी कार्यालय को टोलीले भारतको मोतीहारीबाट पक्राउ गरेर नेपाल ल्याएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

सविधान सभा चुनावका बेला २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट भएको थियो। जसमा परी आलमका केही कार्यकर्ताको मृत्यु तथा केही घाइते भएका थिए।

घाइतेलाई जिउँदै जलाएको आरोप दाजुभाइलाई लागेको हो । सांसद अफताब भने एक वर्षअघि नै पक्राउ परेर पूर्पक्षका लागि कारागारमा छन् ।