• The Public Today
  • दुई वर्षमा निर्माण भइसक्नुपर्ने टर्मिनल भवन ८ वर्षपछि तयार


    द पब्लिक टुडे
    जनकपुरधाम, मंसिर २२ गते ।
    निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार भएको छ ।

    नागरिक उड्डयन प्राधिकरणको हेलचक्राई र निर्माण कम्पनीको लापरवाहीका कारण दुई वर्षमा निर्माण भइसक्नुपर्ने सो भवन आठ वर्षपछि तयार भएको हो ।

    मंगलवार पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराईले उक्त भवनको विधिवत उदघाटन गरिसकेपछि संचालनमा आउने जनकपुर विमानस्थल प्रमुख किरण गौतमले जानकारी दिए ।

    नया आधुनिक टर्मिनल भवनबाट यात्रुले खानेपानी, पार्किङलगायत सबै सेवा सहज रुपमा पाउनेछन् । विमानस्थलको स्वरुप फेरिएपछि जनकपुरमा आन्तरिक र बाह्य पर्यटक भित्रिने अपेक्षा स्थानीयको छ ।

    २०२४ सालदेखि सञ्चालनमा आएको यो विमानस्थलमा त्यतिबेला एउटा मात्रै जहाज उड्न मिल्ने गरी भारतले बनाइदिएको जनकपुर विमानस्थलको पुरानो टर्मिनल भवन साँघुरो र अव्यवस्थित छ ।

    जनकपुर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार निर्माण थालिएको नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गएिको छ ।

    नागरिक उडड्यन प्राधिकरणले धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो गर्नुका साथै स्तरोन्नतिको काम गरेकोे छ।

    पछिलो समय बारुण यन्त्र र एक्सरे मेसिनको समेत व्यवस्था मिलाइएको छ। राती उडानको पनि सफल परीक्षण गरिसकेको यस विमान स्थलमा नेपाल आयल निगमले जहाजमा इन्धन भर्ने व्यवस्था पनि मिलाएको छ।

    तर नयाँ भवन संचालनमा आइसकेपछि टर्मिनल भवनको अभावका कारण ५२ वर्ष पुरानो भवनबाटै यात्रुले सेवा लिनुपर्ने बाध्यताबाट यात्रुले अब छुटकारा पाउनेछन् ।

    प्रत्येक उडानमा २ सय रुपैयाँ विमानस्थल कर तिर्ने गरेका यात्रुले सो कर बापतको कुनै सेवा जनकपुर विमानस्थलबाट पाउनबाट वञ्चित थिए ।

    विमान कम्पनीको काउन्टर बिचमै हुँदा यात्रुलाई सानो भवनमा विमान उड्दासम्म प्रतिक्षा गर्नुपर्दा उभिएर समय बिताउनु पर्ने समेत बाध्यता थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस