सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्रीको निर्देशन

द पब्लिक टुडे
गौशाला, मंसिर २२ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सूचना प्रविधिको अधिकतम र उचित प्रयोग गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ।
प्रादेशिक सुशासन केन्द्र मुजेलियामा प्रदेश मातहतका कर्मचारीहरुको लागि आयोजित सुूचना संचार प्रविधि सम्बन्धि क्षमता अभिवृद्धि तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिएको हो ।
आजको युग सूचना प्रवृद्धिको युगको रहेको उल्लेख गर्दै उनले अबको समृद्धि र विकासका लागि सूचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताएत ।

कर्मचारीहरुको लागि अनुसाशन आवश्यक रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले कर्मचारी तन्त्रमा अनुशासन कायम नभए सम्म विकास र समृद्धिको परिकल्पना समेत गर्न नसकिने उल्लेख गरे ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको समापन समारोहमा प्रमुख सचिव अर्जुन प्रसाद पोखरेलले प्रदेशका कर्मचारीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र यसले भविष्यमा समेत निरन्तरता पाउने बताए ।

क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय
प्रतिक्रिया दिनुहोस