• The Public Today
  • महोत्तरी : स्कूलको बसले ठक्करदिँदा एकको मृत्यु, एक घाइते


    द पब्लिक टुडे
    गौशाला, मंसिर २२ गते ।
    महोत्तरीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक बालक घाइते भएका छन् ।

    महोत्तरीको पिपरा गाउँपालिका–३ बस्ने १९ वर्षीय चालक अमित यादवको मृत्यु भएको हो । घाइते ८ वर्षीय बालक नविन यादवको अस्पतालमा उपचार हुँदै छ ।

    जिल्लाको पिपरा गाउँपालिका–१ सडकमा सोमबार बिहान ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस