गौशाला : ५ सय किसानलाई गहुँको विउ वितरण

द पब्लिक टुडे
गौशाला, मंसिर २२ गते । महोत्तरीको गौशाला नगरपालिकाले ५ सय किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विउ वितरण गरेको छ ।
नगरपालिकाको कृषि शाखाका अनुसार नगरका ५ सय किसानलाई गहुँको विउ वितरण गरिएको हो ।
पहिलो लटमा २२५ र दोस्रो लटमा ११२ गरि ४८८ बोरा विउ वितरण गरिएको कृषि शाखा कार्यालयका प्रमुख कमला पौडेलले बताईन ।
एनएल ९७ र विजय व्राण्डका विउ वितरण गरिएको शाखा अधिकृत पौडेलले जानकारी दिईन ।
क्याटेगोरी : अर्थ, मुख्य समाचार, समाज
प्रतिक्रिया दिनुहोस