• The Public Today
  • धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु


    ढल्केवर, मंसिर २३ गते । धनुषामा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    धनुषाको विरेन्द्रबजारमा बसको ठक्करबाट मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरका अन्दाजी बर्ष ३७ को विवेक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आइरहेको ना.५ ख. ६१२३ नम्बरको यात्री बाहक बसले ढल्केवरबाट गोदारतर्फ गइरहेको ज.११ प. ९५८८ नम्बरको मोटरसाइकलमा सोमबार राति अन्दाजी ११ बजे ठक्कर दिएको थियो ।

    पोष्टमार्टमका लागि मोटरसाइकल चालक विवेकको शबलाई प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस