• The Public Today
  • अमेरिकाले गरेको अपराधलाई माफ गर्न सकिन्न : चीन


    मंसिर २३ गते : चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले कोरोनाका विषयमा अमेरिकाको कडा आलोचना गरेको छ ।

    कोरोना महामारीका कारण आएको विपतमा अमेरिका फसेको अनि सरकारले जनतालाई कोरोनाको नियम पालन गराउन नसकेको भनी पत्रिकाले लेखेको छ ।

    कोरोनाका कारण संसारकै सबभन्दा धेरै मानिसको मृत्यु अमेरिकामै भएको छ । त्यहाँ २ लाख ८८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यति धेरै मानिसको मृत्यु हुन दिएकोमा ग्लोबल टाइम्सले अमेरिकाबाट भयंकर अपराध भइरहेको र त्यो माफीको योग्य नरहेको भनी लेखेको छ ।

    अमेरिकामा दिनदिनै दुई हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ । यति धेरै मानिसको मृत्युलाई नरसंहार भन्नुपर्ने र २१औं शताब्दीको मानवताका लागि यो लज्जास्पद विषय भएको पत्रिकाले लेखेको छ ।

    संसारको सबभन्दा विकसित देश भनिने अमेरिका अहिले पृथ्वीकै भयावह स्थान बनेको र धर्तीको नर्क भएको भनी लेखेको छ ।

    अमेरिकाले अरूलाई मानवअधिकारको पाठ पढाउने गरेको तर आफूले कोरोना व्यवस्थापन नगरी मानवताविरुद्धको अपराध गरिरहेको भनी अन्तर्राष्ट्रिय समुदायले निर्भीक भएर उसलाई बताउनुपर्ने भनी ग्लोबल टाइम्सले लेखेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस