• The Public Today
  • शैक्षिकसत्रलाई क्षति हुन नदिन छलफल : शिक्षामन्त्री पोखरेल


    द पब्लिक टुडे
    गौशाला, मंसिर २३ गते ।
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिकसत्रलाई क्षति हुन नदिन विभिन्न विकल्पमा छलफल भइरहेको बताएका छन् ।

    मंगलबार ‘ईक्लास नेपाल’ मोबाइल एप्सको उद्घाटन गर्दै मन्त्री पोखरेलले शैक्षिकसत्रलाई क्षति हुन नदिन काम गरिरहेको बताएका हुन् । ‘शैक्षिकसत्रलाई कसरी सुरक्षित गर्ने भन्नेमा लागेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘१२ को परीक्षा सकियो । विश्वविद्यालयमा भर्नाको आधार खडा भएको छ ।’

    कोरोना भाइरसका कारण यो वर्ष शैक्षिकसत्र ढिलागरी सुरु भएको थियो । १ असोजबाट वैकल्पिक सिकाइलाई नै औपचारिक मान्यता दिइएको थियो । हिमाली क्षेत्रमा भने मंसिरमा नै शैक्षिकसत्र सकिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस