• The Public Today
  • नसुध्रिएकाले सम्झाउन जाँदा प्रतिकारका क्रममा शिक्षकको मृत्यु : विप्लव समूह


    काठमाडौं, मंसिर २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले लामो समयदेखि सुराकी गरेको र सच्चिन गरेको आग्रह पनि नमानेपछि शिक्षक राजेन्द्र श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा उनको मृत्यु भएको बताएको छ ।

    मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापले एक वक्तव्य जारी गर्दै भनेका छन्, “निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गथे पार्टीको मेची–कोसी ब्यूरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्यूरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञानलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित एकलाख रुपैयाँ लुट्न सघाउ पुर्‍याएका थिए ।”

    उनले जारी गरेको विज्ञप्तिमा जनताका घर घरमा पटक पटक प्रहरी पठाएर नेकपाका नेता कार्यकर्ताहरुलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेको आरोप पनि लगाएको छ ।

    “साउनदेखि नै पटक पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,” वक्तव्यमा भनिएको छ । बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस