• The Public Today
  • जनता आवास कार्यक्रमबारे प्रदेश २ सरकारसंँग मागे जवाफ


    द पब्लिक टुडे
    गौशाला, मंसिर २३ गते ।
    प्रदेश नं. २ का आठ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले बताएका छन् ।

    मंगलवार रौतहट सदरमुकाम गौरमा आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश नं. २ का अध्यक्ष साहले सङ्घीय सरकारले तीन वर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भनी प्रदेश २ सरकारसंँग जवाफ माग गरे ।

    “घरवारविहीन दलित समुदायको घर निर्माणका लागि सङ्घीय सरकारले अबौं रकम तीन वर्षदेखि पठाएको छ”, सांसद साहले भने, “तर प्रदेश सरकारको लापरवाहीले दलित समुदायका घर बन्न सकेको छैन ।”

    प्रदेश सरकार जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको आरोप समते लगाए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस