• The Public Today
  • तराई-मधेशमा जाडो बढ्यो, बिहानैदेखि बाक्लो हुस्सु


    जनकपुरधाम, मंसिर २४ गते । जनकपुरधामलगायत तराई मधेशमा जाडो बढेको छ । बुधबार बिहानैदेखि अचानक तराई मधेशमा बाक्लो हुस्सु लागेको हो ।

    चिसोबढ्दै जाँदा जनकपुर लगायत तरााईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो जाडो र बाक्लो हुस्सुको कारण जनकपुर बजारमा चहल पहल घटेको छ ।

    चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।

    चिसोबढेसंगै जनकपुरको कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ । गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस