• The Public Today
  • घरमा आगलागी हुँदा १३ लाखको क्षति


    पाँचथर, मंसिर २४ गते । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    मंगलवार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो । 

    आगलागीबाट ढकालको २ तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब १ लाख, ५ तोला सुनसमेत जल्दा करीब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    आगलागी फिदिम नगरपालिकाका २ वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीय लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस