• The Public Today
  • अवैध लागु औषध चरेससहित २ पक्राउ


    ध्रुव अधिकारी
    बीरगंज, मंसिर २५ गते ।
    पर्सा प्रहरीले अवैध लागु औषध पाँच किलो ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

    सखुवाप्रसौनी गाउँपालिका वार्ड नम्बर २ श्रीपुर पंचगावामा इलाका प्रहरी कार्यालय पर्टेवासुगौलीबाट खटेको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा बिआर २२ एपी ८८२३ नम्बरको मोटरसाइकलसहित पर्सागढी नगरपालिका वार्ड नम्बर ९ हरिहरपुरका २२ वर्षीय घनश्याम यादव , र ३७ वर्षीय भिम प्रसाद यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।हो ।

    पक्राउ परेका अभियुक्तहरूको साथबाट प्रहरीले लागु औषध चरेस पाँच किलो बरामद गरेको छ ।

    बरामद गरिएको लागु औषध, मोटरसाइकलसहित अभियुक्तहरूलाई थप कारबाहीका लागि पर्सा प्रहरीको हिरासतमा राखिएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस