• The Public Today
  • महोत्तरी : खुन डाँका मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ


    द पब्लिक टुडे
    बर्दिबास, मंसिर २५ गते ।
    महोत्तरी प्रहरीले १६ वर्षअघि खुन डाँका मुद्दामा संलग्न रहेका एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका-२ का ६२ वर्षीय पवन यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

    यादवलगायत १३ जनाले २०६१ भदौ २० गते राति तत्कालीन धिरापुर गाविस-९ (हाल मटिहानी नगरपालिका-३० का मोवारक राइन, साबिक मटिहानी गाविस-९ (हाल मटिहानी नगरपालिका-८) का गौरीशंकर साहसमेत ९ जनाको घरबाट नगद तथा विभिन्न गरगहना गरी १० लाख बराबरको चोरी गरेको आरोप छ ।

    सोही डाँका समूहले धारिलो हतियार प्रहार गरी तत्कालिन धिरापुर गाविस-९ का ३० वर्षीया मोवारक राइन कवाडीको हत्यासमेत गरेको प्रहरीको भनाइ छ ।

    पवन पक्राउ परेपछि घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस