• The Public Today
  • हिंसा न्यूनीकरणमा स्वयमको भूमिका महत्वपूर्ण : उपाध्यक्ष दाहाल


    अनु खनाल
    बर्दिवास, मंसिर २५ गते ।
    लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियानमा लागि पर्न आफैले घरमा दिइने संस्कारबाट सुरुवात गर्नु पर्नेमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले जोड दिनुभएको छ ।

    महोत्तरीको बर्दिवासमा बर्दिबास नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको निरन्तर अभियान अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दाहालले छोरीलाइ यसो नगर, उसो नगर भन्ने आमाबुवाले छोरा काँहा जादैछ, के गर्दैछ र के सिक्दैछ भन्ने कुरामा पनि ध्यान दिनु पर्ने धारणा राख्नु भयो ।

    उपाध्यक्ष दहालले महिला हिंसा न्यूनीकरणका लागि रेडियो तथा संचारमाध्यमले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै विभिन्न नाटक तथा अन्तरवार्ता जस्ता कार्यक्रमहरु संचालन गर्न आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य शारदा देवी थापाले अव हक अधिकारका लागि महिला स्वयम सचेत भई आफ्नो हक र अधिकारका लागि संघर्ष गर्न जरुरी रहेको औल्याउनु भयो ।
    थापाले महिला हिंसा मात्र नभई कुनै पनि हिंसाको शिकार हुन नदिन हरेक व्यक्तीले आफुले आफ्नो तवरबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।

    नेकपाका नेता खिमलाल देवकोटाले अन्तरकृयामा सहभागीहरुले सोधेका सवालहरुको जवाफ दिदै सहजीकरण गर्नुभयो ।

    कार्यक्रममा प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले प्रदेश २ मा महिला हिंसाका घटना अत्याधिक रहेको बताउनुभयो । उहाँले प्रदेश २ मा महिला प्रहरीको संख्या अत्यन्तै न्यून रहेको समेत बताउनु भयो ।

    कार्यक्रममा बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीले नगरमा महिला हिंसा, बालविवाह र बाल श्रमका विरुद्धमा विभिन्न योजनाबद्ध कार्यक्रमहरु ल्याइने खुलासा गर्नुभयो ।
    नगर प्रमुख कार्कीले बर्दिबास नगरपालिकाका भूमीहिन सुकुम्बासी, अव्यस्थित बसोबास गरी बसेकाहरुलाई जग्गाधनी प्रमाण पत्र पुर्जा वितरणको कार्य आगामी असार सम्ममा वितरण गरिने समेत बताउनुभो ।

    लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यतिm, समाज र सबैको एैक्यवद्धता भन्ने नारा राखिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजिवी, महिला, विधार्थी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस