• The Public Today
  • चोरीका मोटरसाइकलसहित २ जना पक्राउ


    द पब्लिक टुडे
    गौशाला, मंसिर २५ गते :
    चोरीका मोटरसाइकलसहित २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान बाराको निजगढ नगरपालिका-९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा बाराकै निजगढ ७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन् ।

    उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा६८प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस