• The Public Today
  • वर्ष २०२० मा गुगलमा सबैभन्दा धेरै खोजी गरिएका बलिउड सेलिब्रिटी


    मुम्बई, मंसिर २५ गते । । हालसालै गुगलले वर्षभरिको सर्च लिस्ट सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने लिस्टको प्रथम स्थानमा अमेरिकाका राष्ट्रपति जो वाइडेन पर्न सफल भएका छन् ।

    तर बलिउड सेलिब्रिटीको हकमा भने गायिका कनिका कपूरले बाजी मारेकी छिन् । उनले अमिताभ बच्चन, कंगना रनौत र रिया चक्रवर्ती लगायत कलाकारलाई पनि पछि पार्दै गुगलमा यो वर्ष सबैभन्दा धेरै खोजिएकी बलिउड सेलिब्रेटी बन्न सफल भएकी हुन् ।

    कोरोना सत्रंmमित हुने पहिलो बलिउड कलाकारमा परेकी कनिका यसैकारण गुगलमा धेरै खोजी गरिएकी कलाकार बनेकी हुन् ।

    यस्तै अभिनेत्री रिया चक्रवर्तीले अभिनेत्री कंगना रनौतको स्थान लिँदै टप १० मध्ये सातौं नम्बरमा परेकी छिन् । अभिनेत्री रिया उनका प्रेमी तथा अभिनेता सुशान्तको निधनको मुद्दा र बलिउड लागुऔषध मुद्दाका कारण गुगलमा धेरै खोजी भएको हो ।

    अभिनेत्री कंगना भने अघिल्लो वर्षको सातौं स्थानबाट १० औं स्थानमा परेकी छिन् । कंगना पनि सुशान्तको मृत्यु मुद्दा लगायत महाराष्ट्र सरकारसँगको किचलो र ट्विटका कारण यस वर्ष चर्चा र गुगलको सर्च लिस्टको टप १० मा परेकी छिन् ।

    त्यस्तै अभिनेता अमिताभ बच्चन पनि कोरोना संक्रमण र त्यसपछिका उनको अनुभव ब्लगका कारण पनि निकै चर्चा र गुगलमा खोजी गरिएका छन् ।

    अन्तिममा अभिनेत्री अंकिता लोखन्डे पनि उनका पूर्व प्रेमी तथा अभिनेता सुशान्त सिंह राजपूतको निधनको मुद्दाका कारण समाचारको मुख्य हेडलाइन बनिन् । एजेन्सी


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस