• The Public Today
  • विद्यार्थीले लेखे आमाबुबाको नाममा इमरान हासमी र सनी लियोनी


    विहार, मंसिर २५ गते । बिहारका एक विद्यार्थीले परीक्षाको प्रवेश पत्रमा आमाबुबाको नामको ठाँउमा अभिनेता इमरान हासमी र अभिनेत्री सनी लियोनीको नाम राखेका छन् । २० वर्षिय स्नातक दोस्रो वर्षमा अध्यनरत उक्त विद्यार्थीको प्रवेश पत्रमा इमरान र सनीको नाम प्रिन्ट देखेपछि अहिले यो खबर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

    सामाजिक सञ्जाल र समाचारमा यो खबर बाहिरिएपछि अभिनेता इमरानले त्यो व्यक्ति आफू नभएको भन्दै हास्यास्पद शैलीमा सामाजिक सञ्जाल मार्फत नै प्रतिक्रिया जनाएका छन् । उतm खबर रिट्विट गर्दै इमरान लेख्छन्, “म कसम खाएर भन्छु की त्यो म होइन ।”

    इमरानको यस्तो प्रक्रिया पछि उनका प्रशंसकले पनि कमेन्ट गर्दै इमरानलाई जिस्काइरहेका छन् । साथै ती विद्यार्थीले घरको ठेगानमा पनि चतुरबाज लेखेका छन्, जुन भारतको त्यो ठाँउको बदनाम रेड–लाइट एरिया हो ।

    खबरका अनुसार कलेज प्रशासन अहिले यस विषयमा छानबीन गरिरहेको छ । युनिभर्सिटी रजिस्ट्रार राम कृष्ण भन्छन्, “हामीले छानबिनको आदेश दिएका छौं । यो कुरा स्पष्ट छ की यो विद्यार्थीको मजाक हो र छानबिन पछि ती विद्यार्थीलाई आवश्यक कारबाही गरिनेछ ।” नवभारत टाइम्स


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस