• The Public Today
  • दाईजो प्रथालाई चुनौती दिँदै आदर्श विवाह


    राकेश गुप्ता
    सर्लाही, मंसिर २५ गते ।
    तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन् । सुनसरीको इनर्वा नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत अशोक मेहताले सर्लाहीको गोडैता नगरापलिका वार्ड न. ३ निवासी पूजा कुमारी कुशवाहासंग सदरमुकाम मंलगवामा एक कार्यक्रमका बिच हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।

    सर्लाही गोडैता नगरपालिका वार्ड नं ३ हाल मलंगवा नगरपालिका वार्ड नं ९ निवासी जन्मिएकी पुजा कुशवाहा र सुनसरी देवानगंज गाउँपालिका वार्ड नं २ देवानगंज निवासी अशोक मेहतासँग वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

    मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको लेखाअधिकृत मेहताले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् । अझ सरकारी जागिर खाने युवाहरुले धेरै दाइजो लिने गरेका छन् ।

    निजामती सेवा अन्तर्गत लेखा अधिकृत पदमा कार्यरत मेहताले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका मामा सुनिल कुमार कुशवाहाले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस