युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ

प्रतिकात्मक तस्बिर
पाल्पा, मंसिर २६ गते । पाल्पामा युवतीलाई जबरजस्ती करणी गरेको अरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेर थप अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय रामपुरको जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, विविध, समाज
प्रतिक्रिया दिनुहोस