• The Public Today
  • धनुषा : जागिर नदिएको भन्दै वडाध्यक्षले लगाए गाउँपालिकामा ताला


    पब्लिक टुडे
    जनकपुरधाम, मंसिर २६ गते ।

    धनुषाको धनौजी गाउँपालिकामा एक वडाध्यक्षले आफ्नो छोरालाई जागिर नदिएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

    धनौजी गाउँपालिका ३ का वडाध्यक्ष रामदुलार मण्डलले आफ्नो छोरालाई गाउँपालिकामा जागिर नदिएको आक्रोशमा पालिका प्रमुखको कार्यकक्षमा नै ताला लगाइदिएका हुन् । तालाबन्दी बारे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीसिँह, उपाध्यक्ष रामवति देवी मण्डल र प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले सयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष मण्डलले आफ्नो छोरालाई जसरी पनि जागिर दिन दबाब दिएको तथा नमानेपछि गाउँपालिकामा तालाबन्दी गरेको आरोप लगाइएको छ ।

    ताला लगाएपछि नियमित काम कारवाही प्रभावित भएको छ । सेवाग्राही मर्कामा परेका छन् । वडाध्यक्ष मण्डलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राविधिक सहायक पदमा निकालिएको विज्ञापन अनुसार छोरालाई जसरी पनि जागिर हुनुपर्ने अडान राखेको विज्ञप्तिमा उल्लेख छ ।

    सोही वडामा रहेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षाको दरबन्दी रिक्त नहुँदा हुँदै शिक्षक सरुवाको सहमति प्रदान गरिदिनसमेत वडा अध्यक्षले कार्यालय प्रमुखलगायत कर्मचारीहरुलाई विगत एक महिनादेखि दिँदै आएको बताइएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस