• The Public Today
  • धनुषामा महिलाको शव फेला, हत्या आशंका


    द पब्लिक टुडे
    जनकपुरधाम, मंसिर २६ गते ।
    धनुषाको नगराईन नगरपालिका २ जहटी बोर्डरस्थित दुर्गापट्टी खोला नजिक परालको कुइनो नजिकै सडेको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

    लामो समय बितिसकेकोले शव गन्हाईरहेको अवस्थामा फेला परेको सिमा प्रहरी चौकी जटहीले जनाएको छ । घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    जटहि भन्सारदेखि ५ सय मिटर पुर्व नेपाल भारतको सिमामा पहिचान खुल्न नसकेको अन्दाजी २०/२२ वर्षीया महिलाको वेवारिस शवको शरीर डोरीले बाँधिएको अवस्थामा रहेको र आधा शरीर जनावरले खाईसकेको अवस्थामा भेटिएको सीमा प्रहरी चौकी जटहीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनु श्रेष्ठले बताए ।

    उनले महिलाको कसैले हत्या गरेर फालिएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस