• The Public Today
  • पारस खड्कालाई कोरोना संक्रमण


    द पब्लिक टुडे
    गौशाला, मंसिर २६ गते
    : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । उनले शुक्रबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पारसले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

    दुई दिनअघि उनको स्वास्थ्यमा केही समस्या देखिएपछि सेल्फ आइसोलेसनमा बसेका थिए । त्यसपछि उनले कोरोना परीक्षण गराएका थिए ।

    गौतमबुद्ध कपका लागि टिम नारायणीका कप्तान रहेका पारसले अब प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस