• The Public Today
  • ब्रेक फेल हुँदा ट्रक घरभित्र छिर्यो, एक जनाको मृत्यु


    द पब्लिक टुडे
    गौशाला, मंसिर २६ गते ।
    काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको प्रहरीले जनाएको छ ।

    ट्रक ठोक्किँदै घरभित्र छिर्दा ट्रकमुनि एकजना मान्छे परेको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

    ट्रकमुनि परेका मान्छेको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । अन्दाजी २०(२५ वर्ष उमेरका पुरुष रहेका छन् । मृतकको पहिचान खुलेको छैन् ।

    यस्तै ट्रकको ठक्करबाट ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको कार्कीले बताए । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै ट्रकले अन्य ७ वटा सवारी साधनलाई क्षति पुर्याएको कार्कीले बताए । दुर्घटना कलंकीस्थित कालिका पम्प नजिकै भएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस