• The Public Today
  • कलंकी ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो


    द पब्लिक टुडे
    गौशाला, मंसिर २७ गते ।
    कलंकीमा शुक्रबार राति ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ओखलढुंगा घर भएका ३० वर्षीय शंकर दमाई ९परियार० र रञ्जित कुमार चौधरीको मृत्यु भएको हो ।

    परियारको घटनास्थलमै मृत्यु भएको हो भने चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको एसएसपी सिंहले बताए ।

    दुर्घटनामा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ट्रकको ठक्करबाट बा।२ ज २०४७ नम्बरको ट्याक्सि, बा।४च २२१ नम्बरको पिकअप भ्यान ९डीआई०, बा।४ख ३२५२ नम्बरको बस र बा।५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ ।

    त्यस्तै, प्रदेश ३–०२००६प १३४१ नम्बरको मोटरसाइकल र बा।४७ प २४५१ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस