• The Public Today
  • धनुषामा ट्याक्टर दुर्घटना: चालकसहित दुई जनाको ज्यान गयो


    ढल्केवर, मंसिर २७ गते । धनुषामा ट्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको ज्यान गएको छ ।

    शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरका चालक क्षिरेश्वरनाथ नगरपालिका ७, दुर्गाटोल बस्ने २७ वर्षीय शिवनाथ सदा र ट्याक्टरमा सवार सोही स्थानका २४ वर्षीय नन्दु यादवको मृत्यु भएको हो ।

    मिथिला नगरपालिका ४ स्थित चमेनीमाई मन्दिरमा भाकल चढाई फर्किने क्रममा चमेनी खोलामा ज १ त ८३५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको छ ।

    मृतक दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस