• The Public Today
  • कांग्रेस पूर्व सांसद शाहसहित १०९ जना नेकपामा प्रवेश


    काठमाडौं, मंसिर २७ गते : नेपाली कांग्रेसका पूर्व सांसद कौसर शाहसहित १०९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

    नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

    शाह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् ।

    नेकपा प्रवेश गर्ने धेरैजसो रौतहटका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस