• The Public Today
  • मगही भाषाको ‘माइ गे चिठी लिखैय हौ तोहर बेटी बतहिया गे’ गीत सार्वजानिक


    बर्दिवास, मंसिर २७ गते । तराई मधेशकी चर्चित लोक गायिका शान्ति सदाको स्वरमा मगही भाषाको गीत ‘माइ गे चिठी लिखैय हौ तोहर बेटी बतहिया गे’ बोलको गीत सार्वजानिक भएको छ ।

    राम कुमारी महतोको शब्द, संगीत रहेको गीतको म्युजिक एरेन्ज दिपेन्द्र रामले गरेका छन् भने आर्थिक ब्यबस्थापन राज किशोर सिंहले गरेको मगही भाषाका अभियन्ता फुलगेन मगहीले जानकारी दिए ।

    तराई मधेशमा बहुसंख्यकले बोल्ने भाषा मगही भएपनि यस भाषा सास्कृतीको संरक्षणमा ढिलाइ भएका कारण आफु लागि परेको मगही भाषा अभियन्ता मगहीले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस