• The Public Today
  • आयोजककोे पोल्टामा सहिद स्मृति फुटबल गोल्डकपको उपाधी


    द पब्लिक टुडे
    बर्दिबास, मंसिर २७ गते ।
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रदेश स्तरीय प्रथम सहिद कृष्ण बहादुर राना, भगवती स्याङ्गवा स्मृति गोल्डकप फुटबल प्रतियोगिताका २०७७ उपाधी आयोजको पोल्टामा परेको छ ।

    प्रतियोगिताको आयोजक समृद्ध समाज हात्तिलेटको ‘ए’टिम र प्रतिभा संरक्षण युवा क्लव गोलबजार सिरहा बीच फाइनल खेल भएको थियो । महोत्तरीको बर्दिबास–८ हात्तिलेटस्थित क्वाटर बजारको खेलमैदानमा भएको फाइनल खेलमा विपक्षीमाथि ०–१ गोल प्रहार गर्दै आयोजक टिमले प्रतियोगिताको जित हात पारेको हो ।

    खेलको ६० औं मिनेटमा समृछ समाजका १० नम्बर जर्सीका खेलाडी सनम आलेले विपक्षीको पोलमा गोल गरेका थिए । त्यसपछि प्रतिभा संरक्षण युवा क्लव दबाबमा आएको थियो । सुरुदेखि नै दुवै टिमका खेलाडी बीच कडा प्रतिस्पर्धा भएको थियो । कयौं पटक दुवै टिमका गोलकिपरले गोल जोगाएका थिए ।

    प्रदेश सभा सदस्य भरत साहको हातबाट आयोजकले खेलमा प्रथम भएका टिमलाई नगद ५० हजार, दृतीय भएका टिमलाई ३० हजार नगद सहित कप, ट्रफि, प्रमाण पत्र आयोजकले प्रदान गरेका थिए ।

    बदिबास नगरपालिका वडा नम्बर– ७ का वडा अध्यक्ष फाल्गुण मगर सुसलिङ्गले खेल अवधिभरी उकृष्ट खेल प्रदर्शन गरेका चार विघाका खेलाडीलाई जनही ५–५ हजार नगद प्रदान गरे ।

    खेलमा दोस्रो स्थान हासिल गरेका प्रतिभा क्लव गोलबजारका उमेश कार्कीले मिडफिल्डरमा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । समृद्ध समाजका १० नम्बर जर्सीका खेलाडी सनम आलेले प्रतियोगिता अवधिभरीमा ४ गोल लगाएर फरवार्ड विधाबाट सम्मानित भए । आयोजक टिमकै रति सुसलिङ्ग बेस्टडिफेन्डर घोषित भए । आयोजक टिमकै तर्फबाट सागर सुसलिङ्गल बेष्ट गोल किपरको सूचीमा परे ।

    कार्यक्रमममा बोल्दैं प्रदेश सभा सदस्य भरत साहले खेलकुदले समाजलाई संगठित बनाएको बताए ।


    क्याटेगोरी : खेलकुद, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस