• The Public Today
  • हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थः निधि


    द पब्लिक टुडे
    गौशालाल, मंसिर २७ गते ।
    नपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेको भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताएका छन् ।
    उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको समेत बताए ।

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्न लागेको विश्वकै अग्लो त्रिशुलको शिलान्याश कार्यक्रममा उपसभापति निधिले यस्तो बताएका हुन् ।

    स्थानीय त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस