• The Public Today
  • १० मध्ये ६ बालबालिकामा पहिले नै कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमता


    एजेन्सी : वैज्ञानिकहरुले गरेको एक अध्ययनले कोरोनाभाइरसबाट संक्रमित नभएपनि १० मध्ये जना बालबालिकाको शरीरमा पहिल्यै नै भाइरसविरोधी एन्टीबडी पाइएको देखाएको छ । संक्रमित नबनेका ६ देखि १६ वर्षका बालबालिकाहरुमा गरिएको अध्ययनमा ६२ प्रतिशतमा सार्स–कोभ–२ भाइरसलाई पहिचान गर्ने एन्टीबडी पाइएको हो ।

    प्रयोगशालामा गरिएको परीक्षणमा शरीरमा पहिले नै रहेको उक्त एन्टीबडीले सार्स–कोभ–२ भाइरसलाई शरीरको काषमा प्रवेश गर्न रोकेको पनि पाइएको थियो । उता, ३ सय २ जना संक्रमित नबनेका वयस्कहरुमा जाँच गर्दा मात्र ५ प्रतिशतमा त्यस्तो एन्टीबडी पाइएको थियो ।

    वयस्कको तुलनामा बालबालिकामा पहिले नै कोभिड–१९ विरुद्धको एन्टीबडी रहेको हुँदा उनीहरु कम संक्रमित हुने वा हलुका लक्षिणसहित संक्रमित हुने गरेको वैज्ञानिकहरुको ठहर छ ।

    भाइरसको स्पाइक प्रोटिनमा एसवान र एसटु गरेर दुईवटा सबयुनिट रहेको कोरोनाभाइरसमा एसटु धेरे पाइएको पनि अध्ययनमा भनिएको छ । अध्ययनकर्ताहरुले यस एसटु सब युनिटको अध्ययनले भाइरस विरुद्ध प्रभावकारी खोप निर्माणमा सहयोग पुर्याउने सुझाव दिएका छन् ।

    त्यस्तै, पहिल्यै रहेको एन्टीबडी र संक्रमित बनेपछि निर्माण भएको एन्टीबडीको अध्ययनले पनि कोभिड–१९ विरुद्ध खोपमा हाम्रो प्रतिक्रियालाई बुझ्न मद्दत गर्ने उनीहरुको भनाइ छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस