सिरहामा आत्महत्या गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि

सिरहा, मंसिर २८ गते : सिरहा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जिल्लामा विगत १६ महिनाको अवधिमा एकसय ९४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले आत्महत्या गर्नेमध्ये महिलाको संख्या बढी रहेको जनाए । तीमध्ये पनि झुन्डिएर आत्महत्या गर्नेहरुको संख्या धेर छ ।

चालू आर्थिक वर्षमा झुन्डिएर ४२ जनाले आत्महत्या गरेका छन् भने बिष सेवन गरी आत्महत्या गर्ने १२ जना रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरी उपरीक्षक पंजियारका अनुसार यसरी एकाएक आत्महत्याका घटना बढ्नुमा मनोवैज्ञानिक समस्या नै प्रमुख कारण रहेको पाइएको छ ।