कोरोना संक्रमितको संख्या विश्वमा ७ करोड नाघ्यो

काठमाडौं, मंसिर २९ गते : कोरोना संक्रमितको संख्या विश्वमा ७ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ४ लाख ६१ हजार ९६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ४९ हजार ४२५ संक्रमित थपिए पछि विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको हो ।

२४ घण्टामा १० हजार ७१८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख ९९ हजार ७०४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।