• The Public Today
  • ८२१ कोरोना संक्रमित थप , १८ जनाको मृत्यु


    काठमाडौं, मंसिर २९ गते : पछिल्लो २४ घण्टामा ८२१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ८४२ संक्रमित निको भएका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ ।

    पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।मन्त्रालयका अनुसार १० हजार ९५५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३६ हजार ५७३ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ३६ हजार ४६४ पीसीआर परीक्षण गरिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस