• The Public Today
  • षडयन्त्रमा रहेको सरकारलाई सडकबाटै ठेगान लगाउछौँ : गगन थापा


    काठमाडौं, मंसिर २९ गते : नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारभित्र षडयन्त्रमा रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । धनगढीमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

    “कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” थापाले भने, “सरकार संसदबाट भाग्यो । बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकामा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ।”

    उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए ।“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।”


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस