• The Public Today
  • राप्तीले नारायणीलाई एक विकेटले हरायाे


    चितवन, मंसिर २९ गते : गौतम बुद्ध कप क्रिकेटको सोमबारको खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । नारायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेट्याे ।

    खेल नारायणीको पक्षमा गए पनि अन्तिम ओभरमा दिपेश श्रेष्ठले दुई वटा नो बल फ्याकेपछि राप्तीलाई सहज भएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ र कमल सिंहले अविजित २४ रन बनाए ।

    गौतम बुद्ध क्रिकेट मैदान चितवनमा यसअघि पहिले ब्याटिङ गरेको नारायणीले आठ विकेट गुमाएर एक सय ३८ रन बनायो । किशोर महताले ३६ र करण केसीले ३२ रन बनाए । नारायणीलाई मध्यम स्कोरमा समेट्न राप्तीका अविनाश बोहरा र सूर्य तामाङले दुई/दुई विकेट लिए ।

    प्रतियोगिताको फाइनलमा मङ्गलबार राप्ती र नारायणी नै खेल्ने छन् । कोरोना महामारीपछि बन्द रहेको घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगको लागि वाग्मती क्रिकेट सङ्घले प्रतियोगिता आयोजना गरेको छ ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस