• The Public Today
  • सरकारविरुद्ध जनकपुरमा कांग्रेसको प्रदर्शन


    द पब्लिक टुडे
    गौशाला, मंसिर २९ गते :
    नेपाली काँग्रेसले जनकपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार काँग्रेसले जनकपुरमा पनि प्रदर्शन गरेको हो ।

    गएको मंसिर २६ गते कांग्रेसले गरेको देशव्यापी निर्णय अनुसार आज जनकपुरसहित विभिन्न शहरहरुमा नेपाली काँग्रेसले हजारौंको संख्यामा प्रदर्शन गरेको हो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस धनुषाले जनाएको छ ।

    ‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन, मल छैन, सत्ताको लडाई लाज छैन’ भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस