• The Public Today
  • लिवियामा कोरोनाका कारण सांसदको निधन


    त्रिपोली, मंसिर २९ गते । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका लिवियाका एक जना सांसदको निधन भएको छ । मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन् ।

    उनलाई झण्डै एक हप्ता अगाडि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनको उपचार भइरहेको थियो । निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी भएका थिए । सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए ।

    मोरक्कोको कुटनीतिक श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो । मोरक्कोमा कोरोनाका कारण अहिलेसम्म झण्डै चार लाख मानिस सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ६२४ जनाको मृत्यु नै भएको छ । त्यसैगरी लिबियामा अहिलेसम्म ९१ हजार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३१४ जनाको मृत्यु भएको छ । रासस/एएफपी


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस