• The Public Today
  • बीबीएल खेल्न सन्दीप अस्ट्रेलिया प्रस्थान


    काठमाडौं, मंसिर ३० गते : नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज (मंगलबार) अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

    लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्नेछन् । बिहीबारबाट सुरु भएको बिग बास लिगमा सन्दीपको टोली होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग जित निकालेको थियो ।

    बिहान ११ बजे काठमाडौंबाट प्रस्थान गरेका सन्दीप बुधबार एडिलेट पुग्नेछन् । त्यहाँबाट अस्ट्रेलिया पुगेपछि सन्दीपले १४ दिन क्‍वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि कोरोना परीक्षणपछि उनी टिमसँग जोडिनेछन् ।


    क्याटेगोरी : खेलकुद, मुख्य समाचार


    प्रतिक्रिया दिनुहोस