• The Public Today
  • अध्यादेशबाट देश चलाउनु तानाशाही : नेता कर्ण


    काठमाडौं, मंसिर ३० गते : जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले अध्यादेशबाट देश चलाउनु तानाशाही हुने बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्स म्बन्धी अध्यादेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । “देश कानूनबाट चल्छ । कानून संसदबाट आउनुपर्छ । संसदीय व्यवस्था नै यही हो । अध्यादेशबाट देश चलाउने लागे भने तानाशाही कुरा हुन्छ ,” जसपाका सांसद समेत रहेका कर्णले भने ।

    संसद बोलाउनुपर्ने बेलामा अहिले अध्यादेश ल्याउनु गलत भएको पनि उनले बताए । कर्णले सत्तारुढ पार्टी नेकपाभित्रको विचलनले अध्यादेश आएको भन्दै उनले अध्यादेश संसदमा आएपछि छलफल हुने बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति


    प्रतिक्रिया दिनुहोस