• The Public Today
  • रूसको एक नर्सिङ होममा आगलागी, कम्तीमा ११ जनाको मृत्यु


    मस्को, मंसिर ३० गते । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ । मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन् ।

    अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आगलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ । रासस/सिन्ह्वा


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस