• The Public Today
  • भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो


    काठमाडौं, पुस १ गते : भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ६ हजार १६५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा २२ हजार ६५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा कोरोनाका कारण भारतमा ३५४ संक्रमितले ज्यान गुमाएका छन् ।तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ४३ हजार ७०९ जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश


    प्रतिक्रिया दिनुहोस